• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरू,कात्तिक १६ गतेसम्म चल्ने

काठमाडौं  । गणेशमान सिंह फ़ाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरू भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं गणेशमान सिंह फ़ाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले स्वर्गीय गणेसमान सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानलाई सदैव स्मरण गर्न विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

 

त्यस्तै, छात्र तथा छात्रा खुला युगल गरि थप दुई विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फका विजेताले ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ हात पार्नेछन् । पुरुष र महिला युगल विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

सिनियर र जुनियरतर्फ महिला र पुरूषका २३ स्पर्धामा झण्डै २२५ खेलाडीले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक भास्करमान सिंहले विजयी खेलाडीलाई कूल ७ लाख २५ हज़ार नगद पुरस्कार प्रदान गरिने  जानकारी दिए  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार