• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

प्रधानन्यायाधीश राणाले बीबीसीलाई दिए अन्तरवार्ता : 'भ्रमपूर्ण समाचारहरू सप्पै लाञ्छित गर्ने उद्देश्यले मात्रै गरेका हुन्'

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि यतिबेला राजीनामा दिन चौतर्फी दबाव परेको देखिएको छ। मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो।

 

सर्वोच्च अदालत र सरकारका प्रवक्ताले त्यो आरोप अस्वीकार गरिसकेका छन्। अनि उनको मागअनुसार बनाइएका भनिएका मन्त्रीले पदबाट राजीनामा पनि दिइसकेका छन्।  

 

तर त्यो लगायतका विषय उठाउँदै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतकै न्यायाधीश अनि अवकाशप्राप्त कतिपय प्रधानन्यायाधीश र न्यायाधीशहरूले जबराको राजीनामाको अपेक्षा दर्शाएका छन्।

 

उनले कुराकानीकामा भनेका छन, 'जे नेपालमा प्रचलित ऐनन कानून र संविधान छ, त्योभन्दा बाहिर, संविधानको सही व्याख्याभन्दा प्रधानन्यायधीश कहिल्यै पनि बाहिर जान सक्दैन। ती भ्रमपूर्ण समाचारहरू सप्पै लाञ्छित गर्ने उद्देश्यले मात्रै गरेका हुन् । ती क्रियाहरू गलत छन् ।' 

 

यसरी चरम विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा मङ्गलवार बीबीसीका शरद केसीसँग कुरा गर्न तयार भए। धेरैतिरबाट राजीनामाको माग भइरहेका बेला उनले कुराकानीका क्रममा त्यसो गर्न आफू तयार नरहेको अडान व्यक्त गरेका छन्। उनले बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास प्रकट गरे।

 

उनले कुराकानीकामा भनेका छन, 'मैले अघि नै पनि जवाफ दिएँ, प्रधानन्यायाधीशलाई हटाउने, नियुक्ति गर्ने प्रक्रिया भनेको संवैधानिक प्रक्रिया हो । त्यो प्रक्रियामा जाँदा मलाई कुनै आपत्ति छैन । तर, जुन किसिमले यो सडकबाट दबाब दिएर देशको एउटा महत्वपूर्ण अंगको नेतृत्वलाई यसरी दबाब दिएर हट्नुपर्छ, हटाउनुपर्छ भनेर जानु आफैं गैरसंवैधानिक, गैरन्यायिक, गैरआचरणको कुरा हो । मलाई पटक्कै स्वीकार्य छैन यो ।

 

विधि र प्रक्रियाबाट जान तयार छु। तर, कसैको दबाब, कसैको प्रभाव, कसैले नारा र जुलुस गरेर देशको प्रधानन्यायाधीशलाई हटाउने भन्या यो अराजकता हो । यो गैरजिम्मेवारी हो। गैरुकानूनी र गैरसंवैधानिक हो। यस्तो कुरामा म विश्वासै राख्दिनँ । यस्तो कुराबाट प्रधाननन्यायाधीशले (छाड्ने) भन्ने यो भ्रमपूर्ण चिजलाई म कुनै पनि मानेमा स्वीकार गर्दिनँ।'  

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार