• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

रोकिएको महाधिवेशन प्रक्रियालाई गति दिन काँग्रेस छलफल गर्दै

काठमाडौं।  काँग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरुसँग छलफल गर्दै छ ।पार्टीको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो ।

 

 

महाधिवेशन कार्यतालिका अनुसार गत भदौं १८ गते वडा अधिवेशन थालेको कांग्रेसको यसपछिका कार्यतालिका भने प्रभावित भइसकेका छन्। 

 

दसैँ अघि नै २१ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने भनिए तापनि रसुवामा अधिवेशन प्रक्रिया नै सुरु भएको छैन ।

 

तल्लो तहको अधिवेशन प्रक्रिया सुरु भएको ६४ जिल्लामध्ये हालसम्म ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ भने १३ वटा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

 

त्यस्तै, प्रदेश–२ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेतमा पनि अधिवेशन प्रक्रिया शुरु भएको छैन । रसुवा र रौटहटको क्रियाशील सदस्यता विवाद अहिलेसम्म मिलेको छैन ।

 

 बाँकी ११ जिल्लामा अधिवेशन प्रक्रिया शुरु गर्नेबारे हिजो केन्द्रीय निर्वाचन समितिको बैठकले नयाँ कार्यतालिकाको खाका तयार गरेको  निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार