• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना,उच्च पहाडी हिमाली भू-भागमा हिमपात

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज दिउँसो देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

 

 देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार