• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

एमालेको पालिका अधिवेशन आज हुँदै,ओलीले थापाथलीबाट भर्चुअल रुपमा उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले आज पालिका अधिवेशन गर्ने भएको छ। आज अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।

 

एमालेले पालिकामा अध्यक्षलगायत पदाधिकारी र सदस्य चुन्नेछ।आगामी मंसिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको एमालेले कात्तिकको पहिलो सातामा पालिकास्तरमा कमिटी अधिवेशन गर्न लागेको हो ।

 

मुलुकभरका ७५३ स्थानीय तहका साथै आजै विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुने एमालेले जनाएको छ ।

 

एमालेको परिमार्जित विधान अनुसार गाउँपालिका नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार