• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

‘परिचय–पत्र बिना कसैलाई पनि कोठा भाडामा नदिनु’

काठमाडौं । गृह मन्त्रालयले परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ। 

 

गृह मन्त्रालयले सोमबार (आज) विज्ञप्ती जारी गर्दै कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचय–पत्र माग्न सार्वजनिक रुपमा नै अपिल गरेको हो। त्यस्तै गृहले परिचय–पत्र बिनाका कसैलाई पनि काममा नलगाउन आग्रह पनि गरेको छ।

 

विज्ञप्तीमा भनिएको छ,‘पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ ।’

 

त्यस्तै पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरेर सहयोग गर्नका लाग पनि गृहले आग्रह गरेको छ । ‘पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनुरोध छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार