• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा, फुलकोर्ट बहिस्कार गर्ने निर्णय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु भएको छ ।

 

प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भागबण्डा खोजेको र न्यायालयको आचरणविपरीत काम गरेको भन्दै उनीविरुद्ध न्यायाधीशहरु उत्रिएका हुन्।

 

प्रधानन्यायाधीश जबराले सोमवार (आज) का लागि नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा फुल कोर्ट बोलाएका थिए । तर न्यायाधीशहरुले नै बहिस्कार गर्ने भएपछि फुल कोर्ट बस्ने सम्भावना छैन ।

 

आजका लागि ७ वटा इजलासमा पेशी तोकिएको भए पनि इजलास समेत बस्न सकेको छैन । प्रधानन्यायाधीश बाहेक राजधानीमा उपलब्ध १४ जना न्यायाधीश नै इजलास बहिष्कार हुने गरी बैठकमा बसेपछि इजलास शुरू हुन नसकेको जनाइएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार