• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज (सोमबार) पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको  छ ।

 

 मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो ।

 


 महाशाखाका अनुसार  दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाको सुझाव छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार