• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

काठमाडौं । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो। 

 

आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ। पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ ।

 

१ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे । ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । 

 

रिजवानले जस्प्रित बुमराहलाई चौका प्रहार गर्दै ४१ बलमा अर्धशतक पूरा गरेका थिए । बाबरले स्पिनर बरुण चक्रवर्तीलाई छक्का प्रहार गर्दै ४० बलमा अर्धशतक पूरा गरेका थिए। 

 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। 

 

ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए। रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भए। भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी सुन्य रनमा अविजित रहे । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए ।

 

हसन अलिले २ तथा शादब खान र हरिस राउफले १/१ विकेट लिए । जितसँगै पाकिस्तानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ । पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार