• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

निःशुल्क आँखा शिविर सम्पन्न

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका बजनिमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

 

नेत्र रोग विशेषज्ञ डा.अमृत आचार्यको संयोजकत्वमा भएको शिविरमा ८५ जनालाई मोतियाबिन्दु निशुल्क शल्यक्रियाको लागि मात्रिका आई फाउण्डेशन रिफर गरिएको समाजसेवी एवं लायत नारायणी रायमाझीले जानकारी दिए।

 

शिविरमा उपमहानगरपालिका वजनि, जितपुर, बकुलिया, रामवन, नरवस्ती लगायतका ठाउँहरुबाट आँखाका बिरामीहरु परीक्षणका लागि आएका थिए। लायन्स क्लब अफ जितपुर सिमरा, मात्रिका आइ फाउण्डेशन, लियो कल्ब अफ जितपुर सिमराको आयोजनामा गरिएको उक्त शिविरमा तीन सय तीसजनाको आखाँ परीक्षण गरिएको थियो।

 

कार्यक्रममा संविधानसभा सदस्य डा.शोभाकार पराजुली, लालबाबु सिंह, समाजसेवी कृष्णव्रत सिंह, जनप्रतिनिधिहरु दुर्गा रिजाल, विनिता रेग्मी, रुकुमाया पाखिन्, जितपुर सिमरा नगर उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष सयंज साह, नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य नौराज त्रिपाठी, लगायतको उपस्थिति रहेको थियो। लायन नारायणी रायमाझीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सुशिल ढोडारीले गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार