• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

थप ५ सय ५७ जनामा कोरोना पुष्टि, ९७.३ प्रतिशत संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय २५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २२ जना र १ हजार ५ सय ६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यस्तै, आज थप ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५०७ जना पुगेको छ। निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।   

 

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३४८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार