• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको नेता सिंहको आरोप

 

जनकपुर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा  जोड थिएका छन  ।

 
 

जनकपुरमा आइतबार नेपाल प्रेस युनियनद्वारा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप समेत  लगाए ।

 

 उनले पार्टी संरचना आफ्नो पक्षमा पार्ने खेलमा नेतृत्व तह लिप्त हुँदा काँग्रेसमाथि वैधानिकतामा प्रश्न उठ्न थालेको बताएका छन् । पार्टीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको  पनि उनले बताए । 

 

नेता सिंहले  काँग्रेस नेतृत्वको कमजोरीका कारण कम्युनिस्टहरूले व्यवस्थामाथि प्रहार गर्ने सुरु गरेको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार