• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेका विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल हुँदैछ । 

 

गत असोज २५ गते नै मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । तर नेकपा एमालेको विरोध र अडानका कारण मतदान प्रक्रिया पछि सरेको बताइन्छ। यसअघि शुक्रबार मतदान गर्ने विपक्षी गठबन्धनको माग भएपनि सभामुख र एमालेका कारण ७ गतेलाई सारिएको बताइएको थियो ।

 

सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । मुख्यमन्त्री आचार्यको दल एमालेमा गत भदौ ९ गते विभाजन आएको थियो । 

 

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल नेकपा एमालेको बिभाजनले केन्द्रमा मान्यता पाएको भोलिपल्ट मुख्यमन्त्रीमा नियुक्त हँदा प्रदेश १ मा नेकपा एमालेले बहुमत गुमाइसकेको थियो ।

 

हाल प्रदेशसभामा सत्तारूढ एमालेका कुल ४१ सांसद भएपनि सभामुख र एक जना फरार सांसदको संख्या घटाउँदा ३९ जना मात्रै एमाले पक्षमा देखिन्छन् । सरकार बनाउनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । यस्तै प्रतिपक्षी गठबन्धनसँग भने ५० सांसद संख्या सजिलै पुग्ने देखिन्छ । 

 

कांग्रेसका २१ जना, माओवादी केन्द्रका १५, एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका १ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार