• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
देश/प्रदेश

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आज बिहान आगलागी

 काठमाडौं ।सुर्खेतबाट काठमाडौं  आउँदै गरेको यात्रुबसमा एक्कासी  पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारमा आज बिहान आगलागी भएको छ ।

 

 काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन ।

 

 बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

 

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । बसमा ३६ जना यात्रु रहेको बसमा सवार सबै यात्रु सकुशल रहेपनि सामान भने जलेर नष्ट भएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार