• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

चेम्बर सदस्य रमेश महर्जनको असामयिक निधन,चेम्बरद्वारा शोक व्यक्त

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्स कार्यसमिति सदस्य तथा सुन, चांदी, रत्न, आभुषण, खानी तथा भुगर्व समितिका सभापति रमेश महर्जनको  कार्तिक १ गते असामयिक निधन भएको छ  । 


 चेम्बर भवन कान्तिपथमा शोक सभाको आयोजना गरियो ।  कार्यक्रममा स्वर्गिय रमेश महर्जनको तस्वीरमा श्रद्धासुमन अर्पण गरी एक मिनेट मौन धारण गरिएको थियो ।

 

 शोक सभामा बोल्दै  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरसंग आबद्ध रहि रमेश महर्जनले ब्यावसायीको हक हितका लागि लामो समय देखि सकृय रहि कार्य गरेको स्मरण गर्नुभयो । उहां नेपाल चेम्बर अफ कमर्स अन्र्तगत,सुंन चादी रत्न आभूषण,खानी तथा भूगर्भ समितिको सभापति भएर यस क्षेत्रमा गर्नु पर्ने समस्याका समाधानका लागि काम गर्नुका साथै विभिन्न सामाजिक क्षेत्रमा सम्लग्न रहेर राष्ट्रको सेवामा समर्पित  ब्यतिmत्व हुनुहुन्थ्यो ।

 

एक्स्पोर्ट हाउसको अवधारणा कार्यान्वयन गरी निर्यात प्रवद्र्धनलाई सरलिकृत गर्ने, निर्यातलाई प्रोत्साहन गर्ने चेम्बरको अभियानमा उहा अग्रपंक्तीमा हुनुहुन्थ्यो र उहाको निधनले ब्यावसायी जगत मर्माहत भएको बताउनु भयो ।

 

 त्यसैगरी चेम्बरका निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठले समाजसेवी तथा ब्यावसायी रमेश महर्जनको असामयिक निधनले निजि क्षेत्रका ब्यावसायीक संगठनहरुले मात्र नभई राष्ट्रले एक कुशल ब्यक्तित्व गुमाएको छ ।  ब्यावसायीक हक हितका लागि तयार गरेका योजना तथा नितिहरुलाई अब उनी पछिका नेतृत्वकर्ताहरुले कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा चेम्बरका पुर्व अध्यक्ष महेश कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल,पुर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, उपाध्यक्षहरु क्रमशः दिपक कुमार मल्होत्रा,  उर्मिला श्रेष्ठ, दिपक श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, त्रिभुवनधर तुलाधर, पुर्व उपाध्यक्षहरु महेन्द्रमान श्रेष्ठ, नरेश श्रेष्ठ, कार्यसमिति सदस्यहरु, सुन, चांदी, रत्न, आभुषण, खानी तथा भुगर्व समितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार