• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

डेल्टा 'प्लस' भेरिएन्ट झन् सहज रूपमा फैलिन सक्ने यूकेका विशेषज्ञहरूको चेतावनी

कतिपयले डेल्टा 'प्लस' भनिरहेको कोरोनाभाइरसको नयाँ उत्परिवर्तित स्वरूप डेल्टा भेरिअन्टभन्दा झन् सहज रूपमा फैलिन सक्ने यूकेका विशेषज्ञहरूले बताएका छन्।

 

यूकेको हेल्थ सिक्यूरिटी एजेन्सी (यूकेएचएसए)ले उक्त नयाँ प्रकारको कोरोनाभाइरसलाई "अनुसन्धानको क्रममा रहेको भेरिअन्ट"का रूपमा वर्गीकरण गरेको छ।

यसले गम्भीर रूपमा बिरामी पार्न सक्ने विषयबारे प्रमाण भने फेला परेको छैन।

 

अनि हाल उपलब्ध रहेका खोपहरूले मानिसहरूलाई जोगाउन सक्ने विषयमा वैज्ञानिकहरू विश्वस्त छन्।

यूकेमा देखिएका कोरोनाभाइरस सङ्क्रमणमा डेल्टा भेरिअन्ट नै बढी पाइएको भए पनि "डेल्टा प्लस" वा AY.4.2 बाट सङ्क्रमित भएका मानिसहरू फेला पर्ने क्रम बढिरहेको छ।

 

पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार ६ प्रतिशत कोभिड डेल्टा प्लस कोरोनाभाइरसले गराएको छ।

विज्ञहरूले यो व्यापक रूपमा फैलिन वा यसले अहिले उपलब्ध खोपहरूलाई छल्न सक्ने सम्भावना नरहेको जनाएका छन्।

 

यद्यपि अधिकारीहरूले यूकेमा डेल्टा भेरिअन्टको तुलनामा सङ्क्रमणको यो नयाँ प्रकार बढ्ने दर बढी हुनसक्ने केही प्रारम्भिक प्रमाण रहेको जनाएका छन्।

तर डेल्टा भेरिअन्टजस्तो यसलाई जोखिमको तहका हिसाबले सबैभन्दा खतरनाक ''भेरिअन्ट अफ कन्सर्न'' का रूपमा भने वर्गीकरण गरिएको छैन।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार