• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेपाल र दाहाल पार्टीबाट अलग्गिएपछि हामी झन शसक्त भएका छौं : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् । 

 

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त भएको दाबी गरेका हुन् ।

 

‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अव पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारवाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो। अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ उनले भने । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार