• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

त्यो ‘साइकी’ कस्तो भएको होला ?

बर्षौ वर्ष पछिको लाखौंमा चलाख

कोटीलाई रोटी दिन्छु भनेर

गोटीको खेल खेलेर

भेटीको रहरमा बाँचेको उसले

धेरै कमाउन खोज्दा

भएको पनि गुमायो

सबलाई खेलाउँछु भन्दा

झन् खेल्नै नपाउने भएको छ ऊ अहिले


झ्वाट्ट सोच्न पुग्छु

उसको मन कसरी सम्हालिएको होला ?

बार्दलीमा बसेर अरूलाई तल हेर्ने

अझ हावाको बेलुन भरिएको

होइन, त्यो भन्दा धेरै बढी फुकेको

उसको अहम् भनुँ या ‘म’

यसरी सोत्राम परेको वेला

त्यो ‘साइकी’ कस्तो भएको होला ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार