• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

गिनिज बुकमा नाम लेखाउने ओलीको अभिव्यक्तिलाई लिएर गगन थापाको यस्तो टिप्पणी

काठमाडौं।  नेपाली कांग्रेसका  नेता तथा पूर्व मन्त्री गगन थापाले  एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा ३ वर्ष खेर गएको टिप्पणी गरेका छन्।

 

थाापाले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको कार्यक्रममा पूर्व-प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिबारे  कटाक्ष गरे। 


युवा नेता थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि समेत जनाएका हुन् । उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । त्यसैले डर लागेको छ' ।

 

उनले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठाबारे बोल्दै भने 'मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सक्छ।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार