• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

काठमाडौं । भारतमा कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

 

बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएको उल्लेख गरिएको थियो भने बिहीबार त्योभन्दा ४ हजार बढी देखिएको छ ।

 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ ।

 

 एउटै अवधिमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार