थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
८ हजार ५४९ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ४७० र एन्टिजेन विधिबाट ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७२६ जना संक्रमणमुक्त भएका छन भने हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।
यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ३२६ जनाको मृत्यु भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस