• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

कोरोना महामारी अझै एक वर्षसम्म रहने विज्ञको चेतावनी,खोपको असमान वितरण नैं चुनौती

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी अझै कम्तिमा १ वर्ष रहने जनाएको छ ।

 

 संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिएका हुन् ।

 

विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको तर्क छ । डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएका छन् ।

जबकी अन्य महादेशमा यो संख्या कम्तिमा ४० प्रतिशत माथि छ । यसको अर्थ सन् २०२२ भर पनि विश्वमा कोरोना महामारी रहिरहने देखिएको छ । विश्वका सम्पन्न तथा खोप उत्पादनमा अगाडी रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपुर्ती नबढाउने हो भने कोरोना भाइरसमाथि जित हात पार्न नसकिने पनि डब्लुएचओले जनाएको छ  ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार