• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४  घण्टामा  थप ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

 ८ हजार ४२६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५३५ र एन्टिजेन विधिबाट १२७ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

 

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप ७५८ जना संक्रमणमुक्त भएका छन ।

 

यही अवधिमा थप १३ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ३१८ जनाको मृत्यु भइसकेको  मन्त्रालयले उल्लेख गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार