• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

सिडिओ सह र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले  विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । 

 

गृहमन्त्री बालकृष्ण खाणले मन्त्री स्तरीय निर्णयबाट दसैँपछि कार्यालय लागेकै दिन केही जिल्लाका प्रजिअसहित कर्मचारीको सरुवा गरेका हुन् ।

 

मन्त्रालयका अनुसार वेदनिधि खनाल सिन्धुपाल्चोक, किरण थापा कैलाली, कैलालीका खगेन्द्र रिजाल मन्त्रालय, जगन्नाथ पन्त मन्त्रालयबाट पाल्पा, हरि प्रसाद घिमिरे अर्घाखाँची, , माधव ढकाल बिपद जोखिम प्राधिकरण, वेदनिधि अधिकारी  डोल्पा, नेत्र शर्मा मुस्ताङ, श्रीनाथ पौडेल मन्त्रालय, विष्णु पौडेल मन्त्रालय, राजु पौडेल स्याङ्जा, दीपक नेपाल मन्त्रालयमा सरुवा भएको छ ।

 

यस्तै मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक बेदनिधि अधिकारीलाई डोल्पा, उपसचिव नेत्रप्रसाद शर्मालाई मुस्ताङ र उपसचिव राजुप्रसाद पौडेललाई स्याङ्जाको प्रजिअमा काज सरुवा गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार