• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
स्वास्थ्य

छातीमा समस्या भएपछि क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) को स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । 

 

उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो। दम बढेर छातीमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको नर्भिक अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ ।

 

अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग समेत देखिएको अस्पताल स्रोतले जनाएको छ । वैद्य लामो समयदेखि दमको समस्याले पीडित छन्  र उनमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार