• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
देश/प्रदेश

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस : विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य

काठमाडौं । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस  हो ।  चरम गरिबीविरुद्ध एकजुट भएर लड्न सन् १९९३ देखि अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ ।

 

संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिकहरु गरिब हुन् भनि व्याख्या गरेको छ । दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ ।

 

नेपाल सरकारले पनि यसका लागि बिभिन्न कार्यक्रमहरू संचालन गरेको छ । नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।

 

नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अर्बौ रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने गरिबी घट्न सकेको छैन ।

 

सन् १९९६ मा नेपालको जनसंख्याको करिब ४२ प्रतिशत गरीब रहेकोमा २०१९ मा १८ दशमलव ७ प्रतिशतमा झरेको देखिन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार