• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

किन बन्यो स्क्यूड गेम सबैभन्दा सफल टेलिशृङ्खला ?

काठमाडौं । स्क्यूड गेम नामक कोरियाली टेलिशृङ्खला नेटफ्लीक्स को सबैभन्दा ठूलो र सफल शृङ्खला बनेको छ। 

 

पहिलो २८ दिनमा यसको दर्शक सङ्ख्या ११ करोड १० लाख पुगेको छ जुन यसअघिको सबैभन्दा सफल शृङ्खला ब्रीजरटनभन्दा बढी हो। ब्रीजरटन शृङ्खलालाई २८ दिनमा आठ करोड २० लाख मानिसले हेरेका थिए।

 

के हो त स्क्यूड गेम ? र यो किन यस्तो चर्चित भयो ? 

नौ भागको शृङ्खला बालबालिकाको खेललाई घातक प्रारूप दिइएको कथा हो। यसमा ४५६ जना ऋणमा डुबेर पैसाका लागि जे पनि गर्न तयार मानिसहरूको समूहलाई विजेताले तीन करोड ९० लाख अमेरिकी डलर जित्ने खतरनाक छ वटा खेल खेल्नका लागि लोभ्याइन्छ। तर खेलमा हार्नेहरू मर्नु पर्छ।

 

खेलहरू कोरियाली बालबालिकाले खेल्ने साधारण खेलाहरू हुन्। बालबालिकाका खेलहरूलाई हिंसात्मक रूप दिइएको कारण यो चर्चित भएको बताइन्छ। 'हुर्केका मानिसहरूले बच्चाको खेल जित्न ज्यानको बाजी थापेको कारण मानिसहरू यसमा आकर्षित भएका हुन्,' 

 

स्क्यूड गेमका निर्देशक ह्वान डोङ् - ह्यूकले एक अन्तर्वार्तामा भनेका छन्। 'खेलहरू साधारण भएका कारण दर्शकहरू खेलका नियममा भन्दा चरित्रमा केन्द्रित हुन्छन्।'बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार