• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।

 

शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो। 

 

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे । 

 

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो । यसपछि भारतका तर्फबाट सहल अब्दुल समदले इन्जुरी समयमा गोल गरेका थिए।

 

भारतले यसअघि सात पटक साफको उपाधि जितेको छ। नेपाल अहिलेसम्म साफ च्याम्पियनसिप जितेको छैन।  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार