• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

ब्रिटिश सांसदको छुरी हानी हत्या

सर डेभिड एमेस

काठमाडौं । ब्रिटेनका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको छ। घटनालाई प्रहरीले आतङ्ककारी हमला भनेको छ।

 

कन्जरभेटिभ सांसद सर डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी हानेको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरेको छ। प्रहरीले चक्कु भेटेको र सो हत्याका लागि थप कसैलाई गिरफ्तार गर्न खोजी नगरेको बताएको छ। तर प्रहरीले लन्डनका दुई स्थानमा खोजतलास गरिरहेको बताएको छ।

 

घटनाको अनुसन्धान गरिरहेको प्रतिआतङ्कवाद टोलीले हत्याको पछाडि ूइस्लामिक उग्रवादू कारण रहेको हुनसक्ने बताएको छ। प्रधानमन्त्री बोरिस जोनसनले राजनीतिमा रहेका दयालुमध्ये एक व्यक्ति गुमाउनु परेकोमा शोक व्यक्त गरेका छन्। गृहमन्त्री प्रीति पटेलले प्रहरीलाई सबै सांसदहरूको सुरक्षा व्यवस्थालाई तुरुन्तै पुनर्विचार गर्न निर्देशन दिएकी छन्।

 

६९ वर्षीय सन् १९८३ देखि सांसद रहेका थिए र उनका श्रीमती र पाँच सन्तान रहेका छन्। गत पाँच वर्षमा हत्या भएका उनी ब्रिटेनका दोस्रो सांसद हुन्। सन् २०१६ मा लेबर सांसद जो कक्सको हत्या भएको थियो। सरकारी स्रोतले गिरफ्तार गरिएको व्यक्ति सोमालियासँग नाता भएका ब्रिटिश नागरिक भएको बताएको छ। हत्याको समयमा सर डेभिड आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका थिए।

 

एसेक्स प्रहरीका अनुसार दिउँसो १२ बजेर ५ मिनेटमा प्रहरीले घटनाको जानकारी पाएको थियो र त्यसको केही क्षणमा प्रहरी अधिकारीले सांसदलाई एकभन्दा बढी घाउ लागेको अवस्थामा भेटेको थियो। प्रहरी र स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुद उनको घटनास्थलमा मृत्यु भएको थियो। प्रहरीले घटनाका प्रत्यक्षदर्शी वा कुनै हिसाबले क्यामेरामा घटना खिचिएको भए सम्पर्क राख्न सार्वजनिक अपिल गरेको छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार