• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

विदुर गिरीको क्रियटिभ डाइरेक्सनमा 'पिउने बानी' सार्वजनिक

काठमाडौं । निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाइरेक्सनमा तयार भएको 'पिउने बानी' बोलको गीत  सार्वजनिक भएको छ। गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ।

 

प्रेममा धोका पाएको एक प्रेमीले त्यसपछि बसेको पिउने बानीका कारण भोगेको विभिन्न घटनाको उक्त गीतको म्युजिक भिडियोमा समेटिएको छ । गीतको म्युजिक भिडियोमा  महेन्द्र गौतम, दिनेश दुलाल, दिपासा बिसि र रिश्वान अर्यालले अभिनय गरेका छन् भने अतिथि कलाकारमा शम्भु श्रेष्ठ र कृष्ण प्रसाद राजघतानीले अभिनय गरेका छन्। 

 

एसजीएफ युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा करण चैसिरको छायाँकन रहेको छ भने गीतको  भिडियो राजकुमार मगरले सम्पादन गरेका छन्।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार