• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

७ सय ७७ जना संक्रमणमुक्त, २ सय ७२ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९७ हजार ८६१ पुगेको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा देशभर ७ सय ७७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७९ हजार ९ सय ३१ पुगेको छ ।

 

देशभर ४ हजार ७ सय १२ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ४२ हजार २३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार