• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

बंगलादेशमा एक फेसबुक पोस्टले भड्कायो हिंसा 

काठमाडौं। बंगलादेशमा एक फेसबुक पोस्टको कारण हिंसा भड्किएपछि दूर्गा पूजाका धेरै पण्डालहरुमा तोडफोड भएको छ। यस क्रममा कम्तीमा १५० अल्पसंख्यक परिवारहरुमाथि आक्रमण भएको छ ।

 

बंगलादेशको कोमिला जिल्लामा एक पूजाका लागि बनाइएका पण्डालमा कुरानको कथित अपमान भएको अफवाह फैलिएपछि हिंसा भड्किएको हो । उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ । 

 

प्रहरीका अनुसार हिंसामा तीन जनाको मृत्यु भएको छ र दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीले हिन्दू मन्दिर, घर र पसल तोडफोड गरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ। स्थानीय समुदायका नेताहले यस क्षेत्रमा साम्प्रदायिक हिंसाको घटना पहिलो पटक घटेको बताएका छन्।

 

सन् २०११ को जनगणना अनुसार बंगालदेशको १४।९ करोड जनसंख्याको ८।५ प्रतिशत हिन्दू छन्। त्यहाँ कोमिल्ला जिल्लासहित धेरै अन्य जिल्लाहरुमा हिन्दू समुदायको मानिसहरुको ठूलो जनसंख्या छ । 

 

पश्चिम बंगालका धेरै संगठनहरुले बुधवार राति भएको हिंसाको कडा निन्दा गरेका छन्। विश्व हिन्दू परिषदले यस विषयमा गम्भीर छानबिनको माग गरेको छ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार