• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

सवारी दुर्घटनामा मृत्यु भएकालाई सरकारले किरिया खर्च दिने

काठमाडौँ । सरकारले सार्वजनिक सवारी दुर्घटनामा मृत्यु भएकाहरुको अन्त्येष्टि गर्न काजकिरिया गर्नका लागि आवश्यक खर्च उपलब्ध गराउने भएको छ । साथै त्यस्ता दुर्घटनाबाट घाइते भएकाहरुको निःशुल्क उपचार समेत सरकारले गर्ने भएको छ ।

 

बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी सो जानकारी दिएको हो । दशैँको मुखैमा देशका विभन्नि भागमा सवारी दुर्घटना भई दर्जनौँको मृत्यु तथा घाइते भएका छन् । यसैलाई ध्यानमा राखी सरकारले उनीहरुका लागि राहत कार्यक्रम घोषणा गरेको हो ।

 

‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ,’ मन्त्रालयको विज्ञप्तीमा भनिएको छ, ‘सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाएर नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार