• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

थप ३६५ जनामा कोरोना पुष्टि,६०९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४  घण्टामा थप  ३६५ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३६५ जनाको नतिजा पोजिटिभ आएको हो।

 

पछिल्लो २४ घण्टामा देशभर ६०९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ७८ हजार ३५० पुगेको छ 

 

कोरोनाका कारण थप चारजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार