• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

मुगु बस दुर्घटना : मृतकको संख्या ३२ पुग्यो

मुगु। दशैं मनाउन घर फर्केकाहरु दर्दनाक दुर्घटनामा परे । मुगुको छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनामा पर्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २४ जनाको घटनास्थलमा नै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

 

भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेलाई हेलिकप्टर मार्फत मुगुको जिल्ला अस्पताल,नेपालगन्ज लगायतका स्थानमा उपचारका लागि पठाइएको छ ।

 

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको बस मंगलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो। घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार