• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

मिका सिंहको नेपाली गीत ‘बोतलको बिर्को’ मा आर्यन, पल र दुर्गेश 

काठमाडौं। भारतीय गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भरेका छन्। उनको स्वरमा रहेको ‘बोतलको विर्को’ बोलको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो। मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द रचना छ।

 

विभोर पोखरेल र दीलिप समनको संयुक्त निर्देशन रहेको गीतको भिडियोमा नेपाली चलचित्रका दुई नायक आर्यन सिग्देल र पल शाहसँगै मोडल दुर्गेश थापाको पनि अभिनय छ। भिडियोमा आर्यनको जोडी एलिसा शर्मा, पलको जोडी श्रेया संग्रौला र दुर्गेशको जोडी कविता नेपालीसँग बाँधिएको छ। भिडियोमा उनीहरुको नृत्यले ध्यान खिच्छ।

 

दीलिप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको गीतको भिडियोमा अस्मिता लामिछाने सह निर्माताको रुपमा छिन् । सुप्रिम पराजुलीकोे सम्पादन र कलर ग्रेडिङ, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, विजय बस्यालको पब्लिसिटी डिजाइन, सुमन अधिकारीको फोटोग्राफी रहेको गीतको भिडियोको हेड अफ प्रोडक्सन मनोज जोशी, प्रोडक्सन म्यानेजर विशाल कार्की, विक्रम तामाङ र अमृत कुमार चन्द हुन् ।

 

भिडियोका निर्माता रोशन पराजुलीले यो गीतको हिन्दी भर्सन पनि तयार भइसकेको बताए ।  उनले यो गीतको अडियो र भिडियो निर्माण गर्न निकै मिहिनेत गरेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार