• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

थप ७८५ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

काठमाडौं । मुलुकभर  ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९५ हजार ९७७ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ८८ जना निको भएर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७७ हजार ७ सय २ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा देशभर १२ हजार १ सय ९५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ५१ हजार १९५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार