• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
देश/प्रदेश

रुपन्देहीमा प्रहरीसँगको झडपमा चारजनाको मृत्‍यु, दुई दर्जनभन्दा बढी घाइते

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा चार सर्वसाधारणको मृत्यु भएको छ। सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको हो।

 

गोली लागेर घाइते भएका मध्ये चारजनाको मृ त्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजको इमर्जेन्सी विभागले जानकारी दिएको छ। चारजनाको अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भइसकेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

 

अस्पतालका अनुसार तीनैजनाको नाम, थर र वतन खूलेको छैन। मृत्यु हुनेहरुमा २ जना ४० वर्षीय पुरुष रहेका छन् भने एक जना २० वर्षीय पुरुष रहेका छन्। एकजना मृतकको भने पहिचान खुलेको अस्पतलाले जनाएको छ ।

 

कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालमा सर्वसाधारण र प्रहरी पाँच(पाँच जनाको उपचार भइरहेको जनाइएको छ। यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

 

प्रहरीका अनुसार १५ जना सर्वसाधारण र १५ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन्। आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा​ सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।

 

औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो। यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार