• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नवनियुक्त उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन्। शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका मन्त्री हमालले आज बिहान पदबाट राजीनामा दिएका हुन  ।

 

प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका र सोही अनुरोध स्वीकार गर्दै हमालले पदबाट राजीनामा गरेका प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।

 

विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको स्वकीय सचिव जोशीले बताए।आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापति समेत भएर काम गरेकाले सोहीअनुसार मूल्याङ्कन गरी प्रधानमन्त्रीले आफूलाई मन्त्री पदमा नियुक्ति गर्नुभएको हमालले राजीनामा पत्रमा उल्लेख गरे ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार