• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

साफ च्याम्पियनसिप : आज भारतसँग भिड्दै नेपाल

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेल भारतसँग खेल्दैछ। खेल नेपाली समयअनुसार ९ः४५ बजे माल्दिम्सको मालेमा हुँदैछ। सुरुका दुई खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको नेपाल साफ यात्राको सुखद लयमा रहेको छ ।

 

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो। लगातारको दुई जितले नेपाल फाइनल नजिक छ। दुई खेलमा बराबरी खेलेको भारत २ अङ्कसहित चौथो स्थानमा छ ।

 

भारतलाई फाइनल पुग्न अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ। भारतले पहिलो खेलमा बङ्गलादेशसँग ११ गोलको बराबरी र दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो।

 

भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नड राउने बताएका छन्। उनले नेपाल भारतसँग जित्नकै लागि खेल्ने पनि बताएका छन् ।

 

भारत साफमा सात पटकको विजेता हो । नेपाल र भारत अहिलेसम्म २१ खेल खेलेकोमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार