• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

समाजवादीले टुंगो लगायो मन्त्री बन्नेहरुको नाम,स्वास्थ्यमा रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले  सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ ।

 

 शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको बताए ।

 

एकीकृत समाजवादीले ४ मन्त्रालय क्रमशःस्वास्थ्यमा रामकुमारी झाँक्री, शहरी विकासमा विरोध खतिवडा,  पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

 

 प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार