• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

‘गुरु–जी फूड डेलिभरी’को उपहार योजना

काठमाडौं । खानाको डेलिभरी सेवा दिँदै आएको ‘गुरु–जी फूड डेलिभरी’ले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइल बाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड डेलिभरी’ एप डाउनलोड गरेर यो सेवा लिन सकिने उल्लेख गरेको छ ।

 

बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि विराटनगरबाट सेवा सुरु गरिएको छ । काठमाडौंमा भने यो सेवा तिहारपछि सुरु हुनेछ । सेवा सुरु गरेको अवसर पारेर ‘गुरुजी फुड डेलिभरी’ले सुरुवाती समयको लागि खानेकुरामा १५ प्रतिशत छुट र डेलिभरी निःशुल्क दिएको छ ।

 

यो सेवा पाउनका लागि मोबाइल बाहकले प्लेस्टोरबाट ‘गुरुजी फूड डेलिभरी एप’ डाउनलोड गरेर त्यसमा एकाउण्ट खोल्नुपर्ने वा एपमा साइनअप गर्नुपर्ने हुन्छ । लगइन गर्दा युजरलाई ‘युनिक रेफरल कोड’ आउँछ । जुन कोड प्रयोगकर्ताको साथीले रजिष्टर्ड गर्दा प्रयोगकर्ता र उनका साथीले ‘क्वाइन’ कमाउन सक्छन् । त्यसपछि गुरुजी एपलाई फेसबुक वा इन्स्टाग्राम एपमा शेयर गर्नुपर्नेछ ।

 


यो अफर अन्तर्गत एक विजेताले स्मार्टफोन उपहार पाउनेछन् । त्यस्तै ५ विजेताले एक हजार रुपैंयाँको फूड भौचर पाउनेछन् । त्यस्तै १० विजेताले पाँच सय रुपैंयाँ बराबरको फूड भौचर पाउनेछन् ।

 


‘गुरुजी फूड डेलिभरी’ले आफ्ना परिवार तथा नजिकका साथीभाईलाई यो सेवा लिनका लागि प्रोत्साहन वा सिफारिस गर्न भनेको छ । यो अफर यही कार्तिक १५ गतेसम्म लागु हुनेछ । यसको नतिजा भने कार्तिक १८ गते लक्ष्मीपूजाको दिन सार्वजनिक हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार