• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

मुस्ताङका भेडा च्यांग्राको मूल्यवृद्धि

काठमाडौं । दसैं नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट विभिन्न जिल्लामा पु¥याउने भेडा च्यांग्रा म्याग्दी आइपुगेका छन् ।


उपल्लो मुस्ताङमा पालिएका भेडा च्यांग्राहरु यस वर्ष बिगतमा भन्दा १० हजार रुपैयाँ वृद्धि भएके व्यापारीहरु बताउँछन् । कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि मूल्य धेरै भएपछि दसैंमा थोरै मात्र भेडा, च्याङ्ग्रा व्यापारीले बजारमा ल्याएका छन् । मुस्ताङबाट हिडाएर ल्याइएका भेडा च्यांग्राको लस्करले दसैं नजिकिएको संकेत गरेको छ ।


हिमालपारीको जिल्ला मुस्ताङबाट आउने भेडा च्यांग्रा म्याग्दी हुँदै कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, राजधानी काठमाडौको बजारमा पु¥याइन्छ । बाटो असहज भएकाले मुस्ताङदेखि म्याग्दीसम्म हिँडाएर र बेनीदेखि ट्रकम हालेर पोखरालगायतको जिल्लामा व्यापारीले पु¥याउने गर्छन् ।


अहिले आएका भेडा ३० देखि ३५ हजार च्याङ्ग्रालाई ३८ हजारदेखि ४४ हजार रुपैयाँमा बिक्री गर्नुपर्ने पोखरा पु¥याउन च्यांग्रा लिएर आएका सिन्धुपाल्चोकका व्यापारी नकुल सुवेदीले बताए । उनले मुस्ताङमा रोजुवा च्यांग्रालाई ३२ देखि ३४ रुपैयाँसम्म परेको छ ।

 

बिच बाटोमा कर तथा खाना महंगीका कारण प्रतिगोटा ४० हजार भन्दा माथि नबेचे व्यापार घाटामा पुग्ने बताए । मुस्ताङमा पालिएका ती भेडा, च्यांग्राको मूल्य प्रतिगोटा ३५ देखि ३९ हजार रुपैयाँसम्म रहेको छ । कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहज रुपमा च्यांग्रा मुस्ताङ ल्याउन पाउँदैनन् ।


स्थानीय च्यांग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्यांग्राले मात्र बजार माग धान्दैन । च्यांग्रा कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकहरुले व्यावसायिक रुपमा भेडा च्यांग्रा पालन गर्छन् ।


हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्किएका र जडिबुटीयुक्त चरन क्षेत्रको घाँस खाएका भेडा च्यांग्राको मासु स्वादिलो तथा तागतिलो मानिन्छ । मुल थलोमै महँगो भएपछि बजारमा च्यांग्राको भाउ महंगिएपछि दसैं तिहारको समयमा भेडा च्यांग्राको ठाउँमै गाउँमै पालिएका खसी बोकाले बजार पाउने देखिन्छ । कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार