• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

दलहरुबीच मन्त्रालयको भागबन्डा मिल्यो, भोलि मन्त्रिपरिषद्ले पूर्णता पाउने

काठमाडौं। मन्त्रिमण्डलले शुक्रबार मात्रै पूर्णता पाउने भएको छ। (आज) बिहीबार नै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो ।

 

बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

 

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ। गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक बसेको थियो।

 

बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निस्किसकेको स्रोतले जनाएको छ। अहिले बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार