पाँच सय रुपैयाँले बढ्यो सुन
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ।
आज सुन ९० हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै बिहीबार तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी बिहीबार ११ सय ७० रुपैयाँ पुगेको छ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस