• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

एमाले केन्द्रीय सदस्य जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् ।

 

१० बुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै उनले एमाले त्यागेको बताएका छन्। एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गरेका थिए ।

 

यसअघि वनमन्त्रीको जिम्मेवारी पनि सम्हालीसकेका जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै उनी बझाङको क्षेत्र नम्बर १ बाटै २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार