• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

परदेशीको कथा ‘आइन पियारी’ सार्वजनिक (भिडियो )

काठमाडौं । गीतकार  पृथलाल बिकको शब्द संगीतमा समावेश दशैँ तिहार गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

नेपालीहरुको महान् चाड दशैँ तिहारमा परदेशमा रहेका नेपालीहरुको घर फर्किन नसक्नुको बाध्यता र पिडालाई गीत मार्फत व्यक्त गरिएको छ। कोरना कहरका कारण घर फर्किन नसकेको परदेशीको दुखद कथालाई समेटेर भिडियो तयार पारिएको छ।

 

गीतमा कुशल बिश्वकर्मा र बिष्णु परियारको युगल गायन समावेश छ। कृष्ण पाण्डेले छायांकन गरेको भिडियोलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन्।

 

म्युजिक भिडियोमा दिलिप रेग्मी, शिल्पा कार्की र सुशील महतको अभिनय रहेको छ। दिलिप रेग्मीले निर्देशन गरेको भिडियोलाई ‘पृथलाल बिक’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार