• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
शिक्षा

‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ आज विश्व शिक्षक दिवस मनाइँदै

काठमाडौं । आज विश्व शिक्षक दिवस । गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा हरेक बर्ष अक्टोबर ५ मा शिक्षक दिवस मनाइने गरिन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि विश्व शिक्षक दिवस मनाउन थालिएको हो ।

 

यो बर्ष ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस मनाइँदैछ । शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले गरेको सिफारिसलाई आवद्ध राष्ट्रले स्वीकार गरेको दिनलाई दिवसको रूपमा मनाइँदै आएको छ ।

 

विश्वभर शिक्षक दिवस मनाईरहँदा नेपालमा भने शिक्षकहरुको  दरबन्दी समेत हुन सकिरहेको छैन । प्राथमिक तहमा झण्डै ८० प्रतिशत दरबन्दी रिक्त रहेको जानकारहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार