• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

छ टोलीद्वारा चाडपर्व लक्षित बजार अनुगमन

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुुगमनलाई तीव्रता दिएको हो ।



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा विभागकै नेतृत्वमा संयुक्त रूपमा बजार अनुगमन गर्ने गरिएको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो । विभागको नेतृत्वमा खाद्य, प्रविधि तथा गुुण नियन्त्रण विभाग, नेपाल नापतौल तथा गुुणस्तर विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुुगमन टोलीले नियमित रूपमा बजार अनुुगमन गरिरहेका छन् ।



उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमलाई तीव्र पारिएको बताउनुभयो । उहाँका अनुसार, डेढ सातादेखि दैनिक छवटा टोलीले बजार अनुगमन गरिरहेको छ । जसमा पाँचवटा टोलीले यो बेला बढी खपत हुने खाद्यवस्तु, तरकारी, लत्ताकपडा, यातायातलगायतमा छुटाछुट्टै अनुगमन गरिरहेको छ भने एउटा टोली विभागमै उजुरी र गुनासो आउने बित्तिकै आकस्मिक अनुगमनमा जाने गरी तयारी अवस्थामा रहन्छ ।

राहत महसुुस भएन
उपभोक्ता अधिकारकर्मीहरूले सरकारको बजार अनुगमन नियमित भए पनि आम उपभोक्ताले राहतको महसुुस गर्न नपाएको बताउँदै आएका छन् । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारमा अहिले पनि मूल्य, नापतौल र गुणस्तरमा असाध्यै समस्या रहेको बताउनुभयो ।

 

सुध्रिएन बजार
यता विभागको नेतृत्वमा भएको अनुगमन टोलीले मूल्य, गुणस्तर र नापतौलमा केन्द्रित रहे पनि बजारमा सुधार आउन सकेको छैन । बजार अनुुगमन नियमित हुँदा पनि बजारको अवस्था नसुुधारिएको स्वयं सरकारी अधिकारी स्वीकार्नुहुन्छ । विभागका निर्देशक शिवराज सेढाइले बजार अनुुगमन चाडपर्वमा मात्रै होइन नियमित भइरहेको तर पनि बजारको अवस्थामा सुुधार नआएको बताउनुुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष ०७७÷७८ मा उपत्यकामा तीन हजार ९७४ वटा व्यापारिक प्रतिष्ठानको अनुुगमन गरिएकोमा ६८ वटाबाहेक सबैमा कुनै न कुनै कैफियत भेटिएको थियो । गएको साउन र भदौमा ४२४ वटा र असोज १ देखि १३ गतेसम्म ३५० वटा व्यवसायी प्रतिष्ठान अनुगमनका क्रममा पनि कुनै सुधार भएको देखिँदैन । अनुगमनमा केही न केही कैफियत भेटिएको छ । निर्देशक सेढाईले भन्नुभयो, “अनुगमन गरिएका व्यापारिक प्रतिष्ठान दर्ता नवीकरण नभएका, म्याद नाघेका सामान, रिलेवलिङ र मूल्य जथाभावीलगायतका समस्या देखिएका छन् ।”
चाडपर्वका बेला बजारमा भीडभाड बढी भएको मौका छोपी व्यवसायीले म्याद नाघेका खाद्यवस्तु बिक्री गर्छन् । विभागले उपत्यकासँगै अन्य जिल्लामा केन्द्रबाट अनुगमन टोली खटाउने योजना बनाएको छ ।

 

सहुलियत मूल्य पसल
सरकारले चाडपर्वलाई लक्षित गरेर असोज १ गतेदेखि सुुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पोरेसन, दुग्ध विकास संस्थान (डीडीसी) आ–आफ्नो तरिकाले दशैँ, तिहार र छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।



खाद्य व्यापार कम्पनीले उपत्यकाका चार स्थानसहित ३९ जिल्लाका बिक्री केन्द्रसमेत गरेर ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ भने साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकामा तीन मोबाइल भ्यानसहिन नौ स्थान र उपत्यका बाहिर २४ गरी ३२ स्थानमा सहुलियत पसल सञ्चालन गर्दै आएको छ । उपभोक्तालाई राहत होस् भनेर सरकारबाट अनुदान लिएर ती संस्थानले प्रत्येक वर्ष यसैगरी सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएका छन् ।सीता शर्मा /गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार