• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

अध्यादेश सूचना निकालेको भरमा फिर्ता हुँदैन : केपी ओली

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने र यसलाई संसदबाट टुंगो लगाउनुपर्ने बताएका छन्। मंगलबार नयाँबानेश्वरमा सम्पादकहसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन । 

 

उनले भने,‘मैले ल्याएको अध्यादेश ठीक थियो। अहिलेको गलत छ। म संसद्‌बाट राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशतको ‘र’ लाई ‘वा’ बनाउँछु । 

 

दल त्याग गर्ने संवैधानिक अधिकार पाउनुपर्छ । तर, अहिले २० प्रतिशत कुनै एकमा हुने गरी ल्याएको अध्यादेश एमालेलाई विभाजन गर्ने कुत्सित मनसायले थियो ।’ अध्यादेशको कुरा, कानूनको कुरा संसदको विजनेस हो । अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ। यत्तिकै फिर्ता हुँदैन। रद्द गर्नुपर्यो भने अर्को अद्यादेशको व्यवस्था गर्नुपर्छ ।’ उनले पहिलेको कानून अहिले कहाँ गयो भनी प्रश्न गरे।

 

यसैगरी सरकार बनेको साढे दुई महिनासम्म सरकारले पूर्णता नपाएको बताउँदै ताजा जनादेश (चुनाव) मा जानुको विकल्प नरहेको पनि उनले बताएका छन्। उनले भने, ‘संसद्‌ले काम गर्न सकेन, चुनावमा जानुपर्छ । साढे २ महिनामा पनि सरकारले पूर्णता पाउन नसक्ने अवस्था कसरी चल्छ रु यस्तो अवस्था चिर्नलाई चुनावमा जानुपर्छ ।’आगामी हुने चुनावमा आफ्नो पार्टीले बहुमत ल्याएर एकल रुपमा सरकार चलाउने ओलीको दाबी छ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार